नेपाल भ्रमणमा रहेका मलेसियाली गृहमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्दै

सफल खबर संवाददाता

शुक्रबार, २० माघ २०७९, ०९ : ४३
नेपाल भ्रमणमा रहेका मलेसियाली गृहमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्दै

काठमाडौँ । मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन इस्माइलले आजबाट उच्चस्तरीय भेटघाट गर्दै छन्।

३ दिने नेपाल भ्रमणका क्रममा बिहीबार साँझ काठमाडौँ आएका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रपति विद्यादेवी भण्डारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल लगायतलाई भेट्ने
कार्यक्रम छ।

बिहान १० बजे सोल्टी होटेलमा हुने भेटवार्तामा श्रम सम्झौता कार्यान्वयनलगायतका महत्त्वपूर्ण विषयमा छलफल हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए। स्माइलसँग दुई घण्टा लञ्च मिटिङ हुने तय भएको छ। नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो।

प्रतिक्रिया दिनुहोस