राजनीतिक समिकरण फेरबदल हुँदैन : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, १९ माघ २०७९, १८ : २९
राजनीतिक समिकरण फेरबदल हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्काल सत्ता समिकरण फरेबदल नहुने बताएका छन ।

बिहीबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन। उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नदिने बताए ।

उनले भने, ‘राजनीतिक समिकरण फेरबदल हुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुँदैन मैले बुझेसम्म, बाहिर निस्कने निर्णय गर्दैन ।’

उनले बाहिर आएजस्तो राजनीतिक समिकरण फेरबदल नहुने स्पष्ट पार्नुभयो । बिहीबार बस्ने भनिएको पार्टीको स्थायी समितिको बैठक शुक्रबारका लागि सरेको छ ।

प्रतिक्रिया दिनुहोस