काठमाडौं । काठमाडौं प्रहरी परिसरले खारेज भइसकेको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।
नागरिकता विवादसम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सर्वाेच्चबाट आइनसकेको भन्दै लामिछानेविरुद्दको जाहेरी दर्ता गर्न काठमाडौं प्रहरी परिसरले अस्वीकार गरेको हो ।
राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज पौडेल जाहेरी दर्ता गर्न काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर, सर्वाेच्चको पूर्णपाठ आइनसकेको कारण देखाउँदै दर्ता गर्न अस्वीकार गरिएको छ ।
गत शुक्रबार सर्वाेच्चले नागरिकता मुद्दासम्बन्धी दोषी ठहर गरेको थियो । दोषी ठहर भएसँगै लामिछानेको सबै पद गुमेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ माघ २०७९, १८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि