काठमाडौं । काठमाडौं प्रहरी परिसरले खारेज भइसकेको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।
नागरिकता विवादसम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सर्वाेच्चबाट आइनसकेको भन्दै लामिछानेविरुद्दको जाहेरी दर्ता गर्न काठमाडौं प्रहरी परिसरले अस्वीकार गरेको हो ।
राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज पौडेल जाहेरी दर्ता गर्न काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर, सर्वाेच्चको पूर्णपाठ आइनसकेको कारण देखाउँदै दर्ता गर्न अस्वीकार गरिएको छ ।
गत शुक्रबार सर्वाेच्चले नागरिकता मुद्दासम्बन्धी दोषी ठहर गरेको थियो । दोषी ठहर भएसँगै लामिछानेको सबै पद गुमेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ माघ २०७९, १८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविविरुद्धको आरोप पत्र संशोधन स्वीकृति दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता
रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
त्याग गर्नेहरूको सूचीमा मेरो नाम पहिलो नम्बरमा दर्ज गराइसकेको छु : रवि लामिछाने
तारिख बुझ्न जिल्ला अदालत कास्की पुगे रवि लामिछाने
रवि र बालेनबिच ७ बुँदे सहमति, यस्तो छ सहमतिको पूर्णपाठ