काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्रीमा पुनर्नियुक्ति नपाए सरकार छाड्ने चेतावनी दिएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा सभापति लामिछानेले मंगलबार साँझसम्म गृह मन्त्रालयको जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिए ।
भेटमा प्रधानमन्त्री प्रचण्डले ठोस जवाफ नदिएको र सल्लाह गर्ने भनेको सभापति लामिछाने निकट स्रोतले जनाएको छ । नागरिकता विवादमा लामिछानेको सांसद पद गएपछि उनले उपप्रधान तथा गृहमन्त्रीबाट समेत राजीनामा दिएका थिए। तर लामिछानेले गत आइतबार पुनः नागरिकता लिईसकेकाले गृहमन्त्रीमा पुनः नियुक्ति चाहेका हुन। प्रतिनिधि सभामा रास्वपाबाट १९ जना सांसद रहेका छन् ।
प्रधानमन्त्री प्रचण्ड भने गृह मन्त्रालय आफ्नै पार्टीमा राख्ने अडानमा छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ माघ २०७९, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन ७ गते आफ्नो वाचापत्र सार्वजनिक गर्ने रास्वपाको निर्णय
रास्वपाका नेता प्रणय शमशेरले त्यागे पार्टी सदस्यता
बालेन्द्र शाह आज पुर्ख्यौली गाउँ महोत्तरीको एकडारा पुग्दै
चुनावको मुखमै रास्वपा सभापति रवि लामिछाने भारत जाँदै
फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने रास्वपाको तयारी
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुने रास्वपाको विश्वास