काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा मन्त्री भण्डारीले राजदूत सोङलाई ताक्लाकोट, तिङ्करलगायतका देशका पश्चिमी उत्तरी नाका खुलाउने विषयमा ध्यानाकर्षण गराए । उनीहरुबीच चीन र नेपालको व्यापार सम्बन्धलाई अझै बलियो बनाउने विषयमा छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।
मन्त्री भण्डारीले राजदूत सोङसँग नेपाली वस्तु चीन निर्यात र सञ्चालनमा रहेका नाकामा आयात सहज गर्नुपर्ने विषयमा छलफल गरे । उनले नेपालमा उद्योगधन्दा सञ्चालनका लागि चिनियाँ लगानी भित्र्याउने विषयमा पनि राजदूत सोङसँग आग्रह गरे ।
भेटका क्रममा राजदूत सोङले उत्तरी पश्चिमी नाका खोल्ने र निर्माणाधीन पाँच सुक्खा बन्दरगाहका विषयमा चीन सरकार सकारात्मक रहेको मन्त्री भण्डारीलाई जानकारी गराए । उनले दुई देशबीचको व्यापार सम्बन्ध अझ मजबुत बनाउन आफूले भूमिका खेल्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ माघ २०७९, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी
मन्त्री भण्डारीले भने-उद्योग वाणिज्य क्षेत्रको योगदान बढाउन प्रतिबद्ध भई लाग्नुपर्छ
२०८१-९१ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशकका रूपमा अघि बढाउँछौँ : मन्त्री भण्डारी
देशको आर्थिक र सामाजिक विकासमा आप्रवासी नेपालीको योगदान प्रशंसनीय : मन्त्री भण्डारी
श्रम बजारका समस्या समाधानका लागि मन्त्री भण्डारीद्वारा सामूहिक प्रयासमा जोड
श्रम मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने अवस्था देखियो : मन्त्री भण्डारी