काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको स्थगित भएको प्रदेशस्तरीय विस्तारित बैठक माघ २१ देखि सुरु हुने भएको छ ।
सभापति रवि लामिछानेको विषयमा अदालतले फैसला गरेपछि पार्टीले यसअघि माघ १४ देखि तय गरेको बैठक स्थगित गरेको थियो ।
आइतबार सभापतिमा लामिछाने आफ्नो नागरिकता वैध बनाउँदै पुनः सभापतिमा चयन भएपछि माघ २१ गतेदेखि पुनः सूचारु गर्ने निर्णय गरिएको हो ।
जसअनुसार गण्डकीको विस्तारित बैठक माघ २१ गते, लुम्बिनीको २४ गते, सुदूरपश्चिमको २६ गते र सुर्खेतको २८ गते हुनेछ ।
प्रदेश न१, मधेश प्रदेश र वागमती प्रदेशमा हुने विस्तारित प्रदेश वैठकका छिट्टै निर्णय हुने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ माघ २०७९, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा