काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको स्थगित भएको प्रदेशस्तरीय विस्तारित बैठक माघ २१ देखि सुरु हुने भएको छ ।
सभापति रवि लामिछानेको विषयमा अदालतले फैसला गरेपछि पार्टीले यसअघि माघ १४ देखि तय गरेको बैठक स्थगित गरेको थियो ।
आइतबार सभापतिमा लामिछाने आफ्नो नागरिकता वैध बनाउँदै पुनः सभापतिमा चयन भएपछि माघ २१ गतेदेखि पुनः सूचारु गर्ने निर्णय गरिएको हो ।
जसअनुसार गण्डकीको विस्तारित बैठक माघ २१ गते, लुम्बिनीको २४ गते, सुदूरपश्चिमको २६ गते र सुर्खेतको २८ गते हुनेछ ।
प्रदेश न१, मधेश प्रदेश र वागमती प्रदेशमा हुने विस्तारित प्रदेश वैठकका छिट्टै निर्णय हुने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ माघ २०७९, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा