काठमाडौं । अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएर पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रवि लामिछानेलाई सभापतिको जिम्मेवारी दिने राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गरेको छ ।
गत शुक्रबार सर्वाेच्च अदालतले पुनः प्रक्रिया पु¥याएर नेपाली नागरिकताको प्रमाणपत्र नलिएको भन्दै लामिछानेको सांसद र उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरेसँगै पार्टी सभापतिबाट अगल भएका थिए ।
तर, आइतबार बिहान कार्यालय खुलेसँगै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएका थिए । निस्सा बुझाएको केही समयमै उनले पुन नेपाली नागरिकताको प्रमाणपत्र लिए ।
यसपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले लामिछानेलाई पार्टीको सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ माघ २०७९, १८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि