काठमाडौँ । अवैध नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद् तथा सरकारबाट बहिर्गमनमा परेका रवि लामिछानेले आइतबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नेपालको नागरिकता लिने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्रोतका अनुसार पार्टीका पूर्वसभापति रवि लामिछानेले आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नेपालको नागरिकताको प्रमाणपत्र लिने भएका हुन्।
अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता पुनर्प्राप्तिको प्रक्रीया पूरा नगरी रास्वपाको सभापति तथा सांसद् बनेका लामिछानेको नागरिकता अवैध ठहर भएपछि उनको सांसदसँगै मन्त्री पद सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार खारेज गरिदिएको थियो।
रवि लामिछानेको सांसद र मन्त्री पदसँगै पार्टी प्रमुखको पदपनि गुमेपछि रास्वपाको कार्यबाहक सभापतिको जिम्मा डोलप्रसाद अर्यालले पाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ माघ २०७९, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटे
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न नमिल्ने
रवि लामिछानेको मुद्दा पर्सा सरकारी वकिल कार्यालयमा बुझाइयो
रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज पेसी
हेर्न नमिल्नेमा पर्यो रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन