काठमाडौँ । अवैध नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद् तथा सरकारबाट बहिर्गमनमा परेका रवि लामिछानेले आइतबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नेपालको नागरिकता लिने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्रोतका अनुसार पार्टीका पूर्वसभापति रवि लामिछानेले आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नेपालको नागरिकताको प्रमाणपत्र लिने भएका हुन्।
अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता पुनर्प्राप्तिको प्रक्रीया पूरा नगरी रास्वपाको सभापति तथा सांसद् बनेका लामिछानेको नागरिकता अवैध ठहर भएपछि उनको सांसदसँगै मन्त्री पद सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार खारेज गरिदिएको थियो।
रवि लामिछानेको सांसद र मन्त्री पदसँगै पार्टी प्रमुखको पदपनि गुमेपछि रास्वपाको कार्यबाहक सभापतिको जिम्मा डोलप्रसाद अर्यालले पाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ माघ २०७९, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि