अब मेरो मिसन पूरा हुन्छ : एलिजा गौतम

सफल खबर संवाददाता

शनिबार, १४ माघ २०७९, १९ : ३४
अब मेरो मिसन पूरा हुन्छ : एलिजा गौतम

काठमाडौँ । कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी छन । शनिबार बुटवलमा एक कार्यक्रमका बीच नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले उनलाई पार्टी प्रवेश गराइन् ।

उनले उद्देश्य एकदमै राम्रो लागेकाले आफू सो पार्टीमा प्रवेश गरेको बताइन्। सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज ढंगले अघि बढाउन पनि सो पार्टीमा आफू आवद्ध हुन पुगेको पनि स्पष्ट पारिन् ।

‘यो पार्टीको उद्देश्य एकदमै राम्रो छ । उहाँहरुले गरिरहेको गतिविधिबाट म अत्यन्तै प्रभावित भएँ,’ उनले भनिन्, ‘मेरो पनि उद्देश्य बच्चादेखि लिएर वृद्धसम्मलाई लिएर उनीहरुको शिक्षा, स्वास्थ्यलाई लिएर म ध्यानाकर्षणमा राखिराखेको हुन्थे । यो पार्टीमा आएपछि मेरो मिसनलाई पूरा गर्न पनि अब सहज हुने भयो ।’

 

प्रतिक्रिया दिनुहोस