काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश समिति र संगठन विस्तारसहित सबै बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले यही माघ १४ गतेदेखि हुने सातै प्रदेशका पूर्वनिर्धारित प्रदेश समिति र संगठन विस्तारसहित सबै बैठक अनिश्चितकालका लागि स्थगन गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रदेश समितिका सबै बैठक र संगठन विस्तारका सबै कार्यक्रम पार्टीको केन्द्रीय समितिको निर्णय बमोजिम विशेष परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ माघ २०७९, २१ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा