काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रहेका रवि लामिछानेले सांसद पदसँगै पार्टी सभापति पद पनि स्वतः गुमाएका छन् ।शुक्रबार सर्वाेच्च अदालतले लामिछानेको नागरिकता निष्क्रिय रहेको फैसला सुनाएसँगै सांसद पद र पार्टीको सभापति पद समेत खारेज भएको हो ।
२०५० सालमा नेपाली नागरिकता लिएका लामिछानेले २०७५ सालमा अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिन भनि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिए पनि नेपाली नागरिकता पुनः प्राप्तिमा त्रुटी गरेको सर्वाेच्चद्वारा जारी आदेश पत्रमा भनिएको छ ।
पुनः नेपाली नागरिकता प्राप्तिका लागि संविधानको ऐन २०६३ को धारा दफा ११ तथा नेपाली नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम प्रक्रिया पूरा गर्नुपर्ने भए पनि त्यो पूरा नगरेको आदेश पत्रमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ माघ २०७९, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि