जनकपुर । मधेश प्रदेशमा जनमत पार्टीबाट मन्त्री बनेका बसन्त कुशवाहाले भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय स्वीकार गर्ने भएका छन् ।
प्रदेशका सत्ता साझेदार दलहरुबीच जनमत पार्टीबाट विना विभागिय मन्त्रीको शपथ लिएका कुशवाहालाई सामाजिक विकास मन्त्रालय दिने सहमति भएको थियो । तर बिहीबार प्रदेश प्रमुख कार्यालयले कुशवाहालाई कृषि मन्त्रालय तोकेपछि जनमत पार्टीका सांसदहरु असन्तुष्टि जनाएका थिए ।
स्रोतका अनुसार मुख्यमन्त्री सरोज कुमार यादवसंगको छलफल पश्चात जनमतका मन्त्री कुशवाहाले कृषि मन्त्रालय स्वीकार्ने निर्णय लिएका छन् । उनले आजै पदभार ग्रहण गर्ने बुझिएको छ ।
मधेश प्रदेशमा १० मन्त्रालय छ । जसमध्ये नेकपा एमालेका सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्रालय र जसपाका संजय यादव अर्थ मन्त्रालय पाएका छन् । अन्य ७ मन्त्रालय मुख्यमन्त्री यादवले स्वयं राखेका हुन् ।
केन्द्रका सत्ता साझेदार दलका शीर्ष नेताहरुले नै मन्त्रालय बाँडफाँड गर्ने भएकाले मन्त्रीपरिषद् विस्तार अनिश्चित बनेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र प्रदेशमा सरकारलाई समर्थन गरेको लोसपा पनि मन्त्री पठाएको छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ माघ २०७९, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा