नेकपा केन्द्रीय कमिटीका ४ सय ४१ नेताको वरीयताक्रम निर्धारण

पत्रपत्रिकाबाट

शनिबार, २३ असार २०७५, ०८ : ३१
नेकपा केन्द्रीय कमिटीका ४ सय ४१ नेताको वरीयताक्रम निर्धारण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ४४१ केन्द्रीय नेताकै वरीयताक्रम निर्धारण गर्ने भएको छ । वरीयता निर्धारणमा सहजताका लागि नेकपाले सदस्यहरूको राजनीतिक पृष्ठभूमिसहितको व्यक्तिगत विवरण संकलन गरिरहेको छ ।

नेकपाको विधानले पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयताक्रम निर्धारण र कार्यविभाजन गर्ने अधिकार केन्द्रीय कमिटीलाई दिएको छ । विधानको धारा १९ मा केन्द्रीय कमिटीका अधिकारबारे भनिएको छ, ‘केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरूको वरीयताक्रम निर्धारण गर्ने र कार्यविभाजन गर्ने ।’

स्थायी समिति सदस्यहरूको अन्तिम सुझाब समेटेर विधान प्रकाशन गर्ने नेकपाको तयारी छ । तर, सबै सदस्यको वरीयता निर्धारण गर्ने कि नगर्ने निर्णय केन्द्रीय कमिटीले नै गर्नेछ ।

नौजनाको मात्र वरीयता
नेकपामा अहिले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’सहित ९ सदस्यीय सचिवालयका नेताहरूको मात्र वरीयता निर्धारण गरिएको छ । ४५ सदस्यीय स्थायी समितिमा तत्कालीन एमाले र माओवादी केन्द्रका स्थायी समिति सदस्यहरूको पुरानै वरीयताअनुसार नाम राखिएको छ । तर, केन्द्रीय सदस्यहरूको भने वर्णानुक्रमअनुसार राखिएको छ ।, नयाँ पत्रिकामा खबर छ।

प्रतिक्रिया दिनुहोस