३४  केजी चरेससहित एक युवक पक्राउ

सफल खबर संवाददाता

बुधबार, ११ माघ २०७९, ११ : ३९
३४  केजी चरेससहित एक युवक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ३४  केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

आज बिहान ३ बजे कोटेश्वरबाट ३४.५ केजी चरेस लुकाइराखेको अवस्थामा वीरबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरी निरीक्षक जीवन निरौलाको कमान्डमा खटिएको प्रहरी टोलीले धादिङको गजुरी–८ किरानचोक बस्ने बर्ष ३२ का तामाङलाई उक्त मात्रामा  लागुऔषध सहित नियन्त्रणमा लिएको हो । 

तामाङबारे इलाका प्रहरी कार्यालय गजुरीले थप अनुसन्धान सुरु गरेको छ । 

प्रतिक्रिया दिनुहोस