सुस्ता बचाउ अभियानका संयोजक गुरुङको निधन

सफल खबर संवाददाता

बुधबार, ११ माघ २०७९, ०९ : ११
सुस्ता बचाउ अभियानका संयोजक गुरुङको निधन

भैरहवा । सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको उपचारको क्रममा निधन भएको छ। गुरुङको मंगलबार साँझ निधन भएको हो।

गुरुङ एक महिनाअघि मस्तिष्कघात भई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा उपचाररत थिए।  नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङ २०५५ देखि सुस्तामा बसेर अतिक्रमणविरुद्ध लड्दै आएका थिए ।

२०६२ सालदेखि भारतीय पक्षले सुस्ता अतिक्रमणलाई तीव्रता दिएपछि सोही सालको जेठ १७ गते गुरुङले ‘सुस्ता बचाउ अभियान’ नामक समिति गठन गरेर अतिक्रमणको विरुद्ध अभियान चलाएका थिए।अतिक्रमण विरुद्ध लागेको भन्दै भारतीय सुरक्षाकर्मीले गुरुङलाई झुटा मुद्दा लगाएर बगाहा जेलमा एक वर्ष थुनेको थियो । 

सुस्ता बचाउन अभियान सञ्चालन गरेका गुरुङको निधनपछि विभिन्न व्यक्ति तथा संघ संस्थाहरूले दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस