संसद भवनअगाडि शरीरमा पेट्रोल छर्केर आगो लगाउने युवा इलामका प्रेमप्रसाद आचार्य

सफल खबर संवाददाता

मंगलबार, १० माघ २०७९, १६ : ०६
संसद भवनअगाडि शरीरमा पेट्रोल छर्केर आगो लगाउने युवा इलामका प्रेमप्रसाद आचार्य

काठमाडौं । नयाँबानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले पेट्रोल छर्केर आत्मदाहका प्रयास गर्ने युवा इलाम घर भएका ३६ वर्षीय प्रेमप्रसाद आचार्य रहेका छन् ।मंगलबार दिउँसो नयाँबानेश्वरको सडकबीचमै उभिएर ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।

संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ सवार गाडी निस्कनेबित्तिकै युवकले आत्मदाहको प्रयास गरेको पनि बताइएको छ । तर, विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

आत्मदाहको प्रयास गरेका उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस