युवाहरूको लागि लोकसेवा तयारी कक्षा प्रभावकारी : उप प्रमुख अधिकारी

सफल खबर संवाददाता

मंगलबार, १० माघ २०७९, ११ : ५१
युवाहरूको लागि लोकसेवा तयारी कक्षा प्रभावकारी : उप प्रमुख अधिकारी

भरतपुर  । भरतपुर महानगरपालिका वडा न २१ ले मगलबारबाट निशुल्क लोकसेवा तयारी कक्षा सन्चालनमा ल्याएको छ । लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र भरतपुरको सहजीकरणमा आयोजना गरिएको कार्यक्रमलाई भरतपुर महानगरपालिकाका नगर उप प्रमुख चित्रसेन अधिकारीले एक भब्य कार्यक्रमका बिच उद्वघाटन गरे । 

उद्वघाटन कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले समाज परिवर्तनका सम्बाहक युवाहरूको लागि यो तालिम निकै प्रभावकारी हुने बताए । उनले युवाहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन वडाले लोकसेवा तयारी कक्षा संचालन गरेको बताए ।

उप प्रमुख अधिकारीले अब राज्यका सबै तह र तप्कामा यस वडाका युवा युवतीहरुको पहुँच पुग्ने छ भन्नेमा आफू पुर्ण रुपमा बिश्वस्त रहेको पनि बताए । समाज परिर्वतनका लागि युवाहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उप प्रमुखले युवाहरु जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताए । भरतपुर २१ का युवाहरुले आफ्नो दायित्वबोध गरेर अगाडि बढे मात्रै भबिस्यमा वडा समृद्ध बन्नेमा उनको बिश्वास छ ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष कृष्ण कुमार गुरुङले लोकसेवा आयोगमा यस क्षेत्रका युवाहरुको पहुँच र सहभागिता उल्लेख्य रुपमा हुन नसकेको भन्दै वडाले युवाका लागि नायव सुब्बा र खरिदार पदको लोकसेवा तयारी कक्षा संचालन गरेको प्रष्ट पारे ।

युवाहरुका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको वडा सचिब पन्चमाया तामाङले जानकारी दिए। वडा कार्यलयले नायव सुब्बा र खरिदार पदको तयारीका लागि निःशुल्क ६० घण्टे कक्षा संचालन गरेको सचिव तामाङको भनाइ छ । तयारी कक्षामा ५० जना युवा युवती सहभागी भएका छन् । वडाले आगामी फागुन महिनामा कर सम्बन्धि तालिम तथा बुटिक तालीमको पनि आयोजना गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस