विवाह बन्धनमा बाँधिए आथिया र राहुल

एजेन्सी

मंगलबार, १० माघ २०७९, ०९ : ५६
विवाह बन्धनमा बाँधिए आथिया र राहुल

एजेन्सी । अभिनेत्री आथिया शेट्टी र क्रिकेटर केएल राहुल विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले सोमबार सुनिल शेट्टीको खन्डाला घरमा विवाह गरेका हुन् । विवाहमा कलाकार र खेलजगतका ब्यक्तिहरुको उपस्थिती थियो ।

आथियाले आफ्नो इन्स्टाग्राममा विवाहको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । जसमा दुबैले एकअर्काेको हात समाएर फेरो लगाएको देख्न सकिन्छ । तस्बिरका साथ उनले राहुलको उज्यालोमा माया गर्न सिकेको समेत बताएकी छन् । 

‘आज हामीले हाम्रा प्रियजनको उपस्थितीमा त्यो घरमा विवाह गरेका छौ । जसले हामीलाई अपार खुसी र शान्ती दिएको छ’, उनले अगाडि लेखेकी छन् ‘हामी हृदयदेखि यो नयाँ यात्राको लागि तपाईको आशीर्वाद चाहन्छौ ।’

प्रतिक्रिया दिनुहोस