सुपर मादी हाइड्रोपावरद्वारा सर्वसाधारणका लागि आइपिओ खुला

सफल खबर संवाददाता

सोमबार, ०९ माघ २०७९, ११ : ५५
सुपर मादी हाइड्रोपावरद्वारा सर्वसाधारणका लागि आइपिओ खुला

काठमाडौँ । सुपर मादी हाइड्रोपावरले सर्वसाधारणका लागि आजदेखि आइपिओ बिक्री खुला गरेको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आइपिओ निष्कासन गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी दुई अर्ब १० करोडको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न छुट्याएको थियो।

प्रतिक्रिया दिनुहोस