राप्रपा नेपाललाई फेरि उठाउने संकल्पका साथ केन्द्रीय समिति बैठक आज बस्दै

सफल खबर संवाददाता

सोमबार, ०९ माघ २०७९, ०८ : ३२
राप्रपा नेपाललाई फेरि उठाउने संकल्पका साथ केन्द्रीय समिति बैठक आज बस्दै

flle Pic

काठमाडौं । 'राप्रपा नेपाललाई फेरि उठाउछौू भन्ने सड्ढल्पका साथ पार्टी केन्द्रिय समितिको बैठक काठमाडौंमा आज र भोलि बस्दैछ । निर्बाचन र मुलुकको पछिल्लो राजनितीको समिक्षा, भाबी बैचारिक र सांगठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा बैठक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

केन्द्रिय समिति बैठकमा अध्यक्ष थापाद्वारा राजनीतिक कार्यपत्र , सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा,प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ, संगठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समिक्षा सम्बन्धमा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारीले प्रतिबेदन प्रस्तुत गर्ने प्रबक्ता बसन्तमानसिंह अधिकारिले बताए  ।

प्रतिबेदन माथी केन्द्रीय सदस्यहरुले टिप्पणी सहित आफ्नो धारणा राख्नेछन । समग्रमा पार्टीलाई अघि बढाउने सन्दर्भमा अन्य बिषयहरुमा पनि छलफल हुने अर्का महामन्त्री भाष्कर भद्राले जानकारी दिए । पार्टीको केन्द्रीय समिती बैठक आज र भोलि दुई दिन चल्नेछ ।