भारत । भारतले एक खेल अगावै न्युजिल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको छ । शनिबार राजपुरमा भएको दोस्रो एकदिवसीय खेलमा न्युजिल्यान्डमाथि ८ विकेटको सहज जित निकाल्दै भारतले सिरिज आफ्नो पक्षमा बनाएको हो ।
राजपुरमा न्युजिल्यान्डले दिएको १०९ रनको समान्य लक्ष्य पछ्याएको भारतले २० ओभर १ बलमा दुई विकेट गुमाउँदै १११ रन बनायो । भारतका लागि रोहित शर्माले अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ७ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए ।
त्यस्तै सुभमन गिलले ४० रन बनाउँदा विराट कोहलीले ११ रनको योगदान गरे । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ३४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १०८ रन बनायो । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ३६ रन बनाए । त्यस्तै मिचेल स्टेनरले २७ रन तथा मिचेल ब्रेसवेलले २२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि मोहमद श्वामीले तीन विकेट लिए । त्यस्तै हार्दीक पाड्या र वानिन्दु हर्शरंगाले दुई–दुई विकेट लिए । दुई टोलीबीचको अन्तिम एकदिवसीय खेल मंगलबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ माघ २०७९, २० : १२
लेखकबाट थप