काठमाडौं । आज पनि मौसममा सामान्य बदली भएको छ । पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभावका कारण देशका विभिन्न भागमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली भएको छ ।
मधेश प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ भने देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आइतबार दिउँसो प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ सँगै कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ ।
सोमबार दिउँसो भने मौसम सामान्यतया सफा रहनेछ । राति केही ठाउँमा बदली भए पनि हिमपात र वर्षाको भने सम्भावना नभएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ माघ २०७९, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना
आजको मौसम : यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
आजको मौसम : तराईका धेरै स्थानमा हुस्सु र कुहिरो
कस्तो रहला आज देशभरको मौसम ?