सुस्मिताको हत्यामा संलग्न चार जनालाई जन्मकैद, सासुलाई १० वर्ष जेल

सफल खबर संवाददाता

शुक्रबार, ०६ माघ २०७९, २१ : २६
सुस्मिताको हत्यामा संलग्न चार जनालाई जन्मकैद, सासुलाई १० वर्ष जेल

हेटौंडा । जिल्ला अदालत मकवानपुरले हेटौंडा–४ की सुस्मिता केसीको हत्यामा संलग्न भएको ठहर गर्दै परिवारका चार सदस्यलाई जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश श्रीप्रसाद सञ्जेलको एकल इजलासले सुस्मिताका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा कार्की, ज्वाइँ अरुण कार्की र कान्छी नन्द सीता थापालाई दोषी ठहर गर्दै जनही २५ वर्षको कैद हुने फैसला गरेको हो ।सासु तुलसा कुमारी थापालाई भने हत्याको मतियार ठहर गरि १० वर्षको जेल सजाय तोकेको छ ।

प्रतिक्रिया दिनुहोस