भरतपुरमा  ग्लोबल रिचको एजकुेशन सेमिनार हुंँदै

सफल खबर संवाददाता

विहीबार, ०५ माघ २०७९, १६ : ४०
भरतपुरमा  ग्लोबल रिचको एजकुेशन सेमिनार हुंँदै

चितवन । भरतपुरमा ग्लोबल रिच शैक्षिक परामर्श संस्थाले एजुकेशन सेमिनार गर्ने भएको छ ।यही माघ १५ गते भरतपुर गार्डेन रिसोर्ट भरतपुरमा सेमिनार हुन लागेको संस्थाले जानकारी दिएको हो।

२०२३ जुन ÷  जुलाई इन्टेकलाई लक्षित गदै एजुकेशन सेमिनार गर्न लागिएको ग्लोबल रिच चितवन शाखाका प्रमुख सुरेश पौडेलले जानकारी दिए । पौडेलका  अनुसार अष्ट्रेलिया पढ्न जान चाहने दश जोड दुई देखि पिएचडी सम्मका विद्यार्थीले सेमिनारमा सहभागी भएर परामर्श लिन सक्नेछन ।
सेमिनारमा अष्ट्रेलियाका १० वटा युनिभर्सिटी र पांँचवटा कलेजका प्रतिनिधिहरुले परामर्श दिनेछन ।

सिधै युनिभर्सिटीका अफिसरसंँग विद्यार्थी तथा अभिभावकले परामर्श लिन सक्नेछन जसले गर्दा विद्यार्थीले अष्ट्रेलियाको बारे थप बुझ्न र विश्वास पनि बढ्छ ।’ पौडेलले भने ।सेमिनारमा युनिभर्सिटी तथा कलेजमा पढाई हुने संकाय तथा विषय, कामको प्रकृति , कानुन , त्यहांँको भाषा, संस्कृति लगायतका बारेमा विद्यार्थीलाई  जानकारी गराईने उनले जानकारी दिए ।

निःशुल्क प्रवेश पास व्यवस्था गरिएको सेमिनारमा आईएलटिसमा ६  ल्याउने  जुनसुकै संकायका विद्यार्थीहरुले परामर्श लिई अष्ट्रेलिया एप्लाई गर्न सक्नेछन । विद्यार्थीको क्षमता र प्राप्तांंकको आधारमा अष्ट्रेलियाका युनिभर्सिटी तथा कलेजमा २० देखि १०० प्रतिशत सम्म छात्रवृत्ति पाउन सक्नेछन । यो संस्थाले हरेक बर्ष एजुकेशन फेयर, सेमिनार गर्दै आएको छ ।

ग्लोबल रिचको नेपालमा मात्रै  चितवन , पोखरा ,बुटवल, काठमाडौं गरी चार वटा शाखा सञ्चालित छन । 

प्रतिक्रिया दिनुहोस