बुटवल । लुम्बिनी प्रदेशका नव निर्वाचित सभामुख र उपसभामुखले शपथ लिएका छन् । सत्ता गठबन्धनबाट सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खांण निर्विरोध निर्वाचित भएका थिए ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो सभामुख र उपसभामुखलाई शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुखले मुख्यमन्त्री र दुईजना मन्त्रीको शपथ भने दाङमा गराएका थिए ।
सभामुखमा घर्तीको एकल उम्मेदवारी परेको थियो भने उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारुले उम्मेदवारी दर्ता गरेका थिए । तर उनीहरुले प्रदेश सभा बैठकमा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि खांण मतदान प्रक्रियामा नगई निर्वाचित भएकी हुन् ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री लिला गिरी, मन्त्रीहरु चेतनारायण आचार्य र कृष्णा केसी लगायत सत्तारुढ दलका नेताहरुको सहभागिता रहेको थियो । यसअघि माओवादी केन्द्रका प्रमुख सचेतक रहेका घर्ती पाल्पा २ (२) बाट दोस्रोपटक प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् । गुल्मीकी खांण भने समानुपातिकबाट निर्वाचित भएकी हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि
बुद्ध जन्मभूमि लुम्बिनी गौरवको केन्द्र: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने