काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाही पार्टीको प्रमुख सचेतक नियुक्त भएका छन् । राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले बुधबार प्रतिनिधिसभा सदस्य शाहीलाई प्रमुख सचेतक पदमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
शाही मन्त्रीका आकांक्षी थिए । जुम्लाबाट जितेर आएका शाहीले आफू मन्त्री बन्ने भन्दै भोट मागेका थिए । प्रचण्ड नेतृत्वको सरकारमा कर्णालीबाट शून्य प्रतिनिधित्व छ ।
आफूलाई पार्टीले उचित भूमिका नदिएको भन्दै शाही असन्तुष्ट बनेका थिए । राप्रपाका निर्वाचित सातमध्ये चारजना मन्त्री बनिसकेका छन् । सोही कारण अध्यक्ष लिङ्देनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखलाई ज्ञानेन्द्र शाहीको ८ बुँदे सुझाव
प्रधानमन्त्री परिवर्तनले मात्रै जनताको जीवनस्तर सुधार हुँदैन : ज्ञानेन्द्र शाही
अब सञ्चारमन्त्रीलाई जनताले हराउँछन् : ज्ञानेन्द्र शाही
ज्ञानेन्द्र शाहीद्वारा परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग
ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’
ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’