काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
पहाडी भेगमा आंशिकदेखि सामान्य बदली छ भने तराईमा हुस्सु लागेको छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ। गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
यस्तै, राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहने छ भने सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
यसैगरी, बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको प्रक्षेपण छ भने सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कहाँ-कहाँ छ धेरै वर्षाको सम्भावना ?
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना