बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिने भएका छन् । पुस २७ गते प्रदेश सभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट विश्वासको मत लिनेबारे मंगलबार प्रदेश सभा सचिवालयलाई जानकारीपत्र बुझाएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताए ।
संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जनाको समर्थन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ माघ २०७९, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
लुम्बिनीमा सचिवहरूको जिम्मेवारी हेरफेर
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
अर्जुन कुमालको शतकमा लुम्बिनीविरुद्ध गण्डकीको सहज जित