लुम्बिनीका मुख्यमन्त्रीले माघ ५ गते विश्वासको मत लिने

सफल खबर संवाददाता

मंगलबार, ०३ माघ २०७९, १५ : ४२
लुम्बिनीका मुख्यमन्त्रीले माघ ५ गते विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिने भएका छन् । पुस २७ गते प्रदेश सभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट विश्वासको मत लिनेबारे मंगलबार प्रदेश सभा सचिवालयलाई जानकारीपत्र बुझाएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताए ।

संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जनाको समर्थन छ ।