काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री छनोट गर्ने जिम्मा पार्टी सभापति रवि छामिछानेलाई दिइएको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न पार्टी सभापति तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई जिम्मा दिने निर्णय भएको पार्टी केन्द्रीय सदस्य तथा सांसद सन्तोष परियारले जानकारी दिए।
सांसद परियारका अनुसार सत्ता साझेदार दलहरुसँग छलफल गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई दिएको कारण पनि मन्त्री छान्ने अधिकार पनि उनलाई नै दिइएको हो । मन्त्रालय भागबन्डाको टुङ्गो लगाउन अहिले प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ माघ २०७९, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट