बुटवल। लुम्बिनी प्रदेशको सभामुखमा एक र उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ । सुरुमा सत्तारुढ दलबाट सभामुख र उपसभामुखमा मनोनयन दर्ता भएको छ । नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले पनि उपसभामुख पदमा मात्रै मनोनयन दर्ता गरेको छ ।
नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१)बाट निर्वाचित विश्वप्रेम पाठकको उपसभामुखमा मनोनयन दर्ता भएको छ । उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भइसकेको छ ।
सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको उम्मेदवारी परेको छ । कांग्रेसले सभामुखमा उम्मेदवारी दिएको छैन । कांग्रेसका पाठकको प्रतावकमा प्रदेश सभा सदस्य बसिउद्दिन खाँ र समर्थकमा राजु खनाल रहेका छन् । यस्तै, उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी रुपन्देही जिल्ला निवासी निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको छ । प्रस्तावकमा प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्म चौधरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ माघ २०७९, १९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
लुम्बिनीमा सचिवहरूको जिम्मेवारी हेरफेर
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
अर्जुन कुमालको शतकमा लुम्बिनीविरुद्ध गण्डकीको सहज जित