हेटौंडा । बागमती प्रदेशसभाको उपसभामुखमा अप्सरा चापागाई निर्वाचित भएकी छन् । साेमबार प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनकी उम्मेदवार चापागाईंले ६१ मत पाएर निर्वाचित भएकी हुन् ।
११० सदस्यीय प्रदेशसभामा उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा ३९ मत पर्यो भने ७ जना तटस्थ बसे । २ जना भने मतदानमा सहभागी भएनन् ।
उपसभामुखमा नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले पनि उम्मेदवारी दिएकी थिइन् । उनको पक्षमा ३ र विपक्षमा ६१ मत पर्यो भने ४४ जना तटस्थ बसे ।
उपसभामुखमा ३ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी प्रस्तावहरु क्रमैसँग प्रदेशसभामा प्रस्तुत गर्ने क्रममा एमालेकी चापागाई उपसभामुखमा निर्वाचित भएपछि नेपाली कांग्रेसकी उम्मेदवार सुना परियारलाई निर्वाचित गरियाेस् भन्ने प्रस्तावमाथि छलफल नै भएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ माघ २०७९, १८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा