हेटौंडा । बागमती प्रदेशसभाको उपसभामुखमा अप्सरा चापागाई निर्वाचित भएकी छन् । साेमबार प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनकी उम्मेदवार चापागाईंले ६१ मत पाएर निर्वाचित भएकी हुन् ।
११० सदस्यीय प्रदेशसभामा उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा ३९ मत पर्यो भने ७ जना तटस्थ बसे । २ जना भने मतदानमा सहभागी भएनन् ।
उपसभामुखमा नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले पनि उम्मेदवारी दिएकी थिइन् । उनको पक्षमा ३ र विपक्षमा ६१ मत पर्यो भने ४४ जना तटस्थ बसे ।
उपसभामुखमा ३ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी प्रस्तावहरु क्रमैसँग प्रदेशसभामा प्रस्तुत गर्ने क्रममा एमालेकी चापागाई उपसभामुखमा निर्वाचित भएपछि नेपाली कांग्रेसकी उम्मेदवार सुना परियारलाई निर्वाचित गरियाेस् भन्ने प्रस्तावमाथि छलफल नै भएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ माघ २०७९, १८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट