काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुरक्षित हवाई यात्राको विषयमा प्रष्ट योजना ल्याउन सरकारलाई आग्रह गरेको छ । हवाई सुरक्षाकै कारण पर्यटनमा पर्ने नकारात्मक असरबारे गम्भीर बन्न पनि राप्रपाले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा नेपाली आकाशमा बारम्बार भइरहेको दुर्घटनाको कारणहरुको विस्तृत अध्ययन, अनुसन्धान गर्न साथै आगामी दिनमा दुर्घटना न्युनीकरणका उपाय अवलम्बन गर्न सम्बन्धित पक्षको गम्भीरता, संवेदनशीलता र तदारुकता जरुरी रहेको उल्लेख गरिएको छ ।
लिङ्देनले आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट आफू अत्यन्तै दुखित र मर्माहत भएको उल्लेख गरेका छन् । ‘नेपालको आन्तरिक उडानकै सबैभन्दा ठूलो मानवीय क्षति हुने गरी भएको दुर्घटनामा परी ज्यान गुमाउन पुगेका चालक दलका सदस्य सहित दिवंगत यात्रुहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली आकाशमा बारम्बार भइरहेको दुर्घटनाको कारणहरुको विस्तृत अध्ययन, अनुसन्धान गर्न साथै आगामी दिनमा दुर्घटना न्युनीकरणका उपाय अवलम्बन गर्न सम्बन्धित पक्षको गम्भीरता, संवेदनशीलता र तदारुकता जरुरी छ ।’
उनले पोखरा विमान दुर्घटनाबारे अध्ययन गर्न गठित आयोगले प्रभावकारी काम गर्ने विश्वास लिँदै दुर्घटनामा मृतकका शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ माघ २०७९, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग