काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा पार्टी सरकारमा सामेल हुने राप्रपाका एक नेताले जानकारी दिए।
उनका अनुसार अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री हुने सम्भावना छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाँडै मन्त्रिपरिषद् विस्तार गर्दै छन्।
प्रतिनिधि सभामा राप्रपाका १४ सांसद छन्। तर राप्रपाले कतिवटा र कुन कुन मन्त्रालय पाउने भन्ने विषयमा भने निर्णय गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ पुस २०७९, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग