दाङ । लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको चयन एकैदिन गरिने भएको छ। माघ ३ गते बस्ने प्रदेश सभाको बैठकबाट सभामुख र उपसभामुख चुनिने छन्।सुरुमा सभामुखको निर्णय हुनेछ भने त्यसपछि उपसभामुखको निर्णय हुनेछ।
लुम्बिनीमा मुख्यमन्त्री, सभामुख र उपसभासमुखको दलगत भागबण्डा गरिएको छ। यहाँ एमालेले मुख्यमन्त्री पाइसकेको छ भने अब सभामुख नेकपा माओवादी केन्द्र र उपसभामुख राप्रपाले पाउने छ।
यद्यपि, सभामुख र उपसभामुखमा कसलाई अघि सार्ने भन्नेबारेमा माओवादी तथा राप्रपामा छलफल जारी छ। प्रदेश सभा सचिवालयले माघ ३ गते बस्ने प्रदेश सभाको बैठकबाट सभामुख र उपसभामुख चयन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
नेपालको संविधानको धारा १८२ को उपधारा (१) र लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेश सभाको सभामुख र उपसभामुख चयनको लागि निर्वाचित कार्यतालिका सार्वजनिक गरिएको छ।
जेष्ठ सदस्य डिल्लीराज भुसालले निर्वाचनको मिति र समय निर्धारण गरेकाले प्रदेश सभा नियमावलीको नियम ७ को उपनियम (१) बमोजिम निर्वाचन कार्यक्रम प्रकाशन गरिएको छ।
माघ २ गते सोमबार सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता गर्ने कार्यतालिका छ। यस्तै सोही दिन ५ः३० बजे सभामुख र उपसभामुख पदमा प्रस्तावित उम्मेदवारहरुको सूची प्रकाशन गर्ने कार्यतालिका छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ पुस २०७९, ०६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
फरक विषय बोल्न थाल्नुभयो भने समय नदिने अवस्था आउन सक्छ: सभामुख
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता