दाङ । लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको चयन एकैदिन गरिने भएको छ। माघ ३ गते बस्ने प्रदेश सभाको बैठकबाट सभामुख र उपसभामुख चुनिने छन्।सुरुमा सभामुखको निर्णय हुनेछ भने त्यसपछि उपसभामुखको निर्णय हुनेछ।
लुम्बिनीमा मुख्यमन्त्री, सभामुख र उपसभासमुखको दलगत भागबण्डा गरिएको छ। यहाँ एमालेले मुख्यमन्त्री पाइसकेको छ भने अब सभामुख नेकपा माओवादी केन्द्र र उपसभामुख राप्रपाले पाउने छ।
यद्यपि, सभामुख र उपसभामुखमा कसलाई अघि सार्ने भन्नेबारेमा माओवादी तथा राप्रपामा छलफल जारी छ। प्रदेश सभा सचिवालयले माघ ३ गते बस्ने प्रदेश सभाको बैठकबाट सभामुख र उपसभामुख चयन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
नेपालको संविधानको धारा १८२ को उपधारा (१) र लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेश सभाको सभामुख र उपसभामुख चयनको लागि निर्वाचित कार्यतालिका सार्वजनिक गरिएको छ।
जेष्ठ सदस्य डिल्लीराज भुसालले निर्वाचनको मिति र समय निर्धारण गरेकाले प्रदेश सभा नियमावलीको नियम ७ को उपनियम (१) बमोजिम निर्वाचन कार्यक्रम प्रकाशन गरिएको छ।
माघ २ गते सोमबार सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता गर्ने कार्यतालिका छ। यस्तै सोही दिन ५ः३० बजे सभामुख र उपसभामुख पदमा प्रस्तावित उम्मेदवारहरुको सूची प्रकाशन गर्ने कार्यतालिका छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ पुस २०७९, ०६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे