दूतावासहरूमा पर्याप्त जनशक्ति छैन : परराष्ट्र सचिव

सफल खबर संवाददाता

विहीबार, २८ पुस २०७९, २० : ४६
दूतावासहरूमा पर्याप्त जनशक्ति छैन : परराष्ट्र सचिव

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौडेलले विदेशमा रहेका नेपाली राजदूतावासमा पर्याप्त जनशक्ति नहुँदा कूटनीतिक कामहरूमा ध्यान दिन नसकिएको बताएका छन् ।

बिहीबार राष्ट्रियसभा अन्गर्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सचिव पौडेलले नेपालका झन्डै आधाभन्दा बढी मिसनहरू वैदेशिक रोजगारीमा जाने नेपालीको सेवामा लाग्नुपरेको बताएका हुन् ।

‘हाम्रा दूतावासहरू धेरै साना साइजका छन् । पर्याप्त जनशक्ति छैन । भएको जनशक्ति नेपालीहरुको उद्धार लगायतका समस्या समाधानमा नै केन्द्रित हुने गरेको छ,’ सचवि पौडेलले समितिको बैठकमा भने, ‘जसकारण अन्य कुराहरुमा ध्यान दिन सकेको छैन भन्ने गुनासो छ । ३,४ जनाले कति काम गर्न सक्छन् ?’ उनले मुलुकको आर्थिक स्थितिलाई हेरेर धेरै वर्षअघि खुलेका संरचनाहरूको सुधार हुनुपर्ने आवश्यक्ता औंल्याए ।

नेपालबाट वैदेशिक रोजागारीमा जानेहरूका समस्या समाधान गर्न समय लाग्ने भएकाले दूतावासहरूले आवश्यक जनशक्ति बिना अन्य आर्थिक गतिविधिका लागि सम्बन्धित राष्ट्रमा काम गर्न नसकिने अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस