हेटौंडा । बागमती प्रदेश सभाको सभामुखमा नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गरेका छन् । बागमती प्रदेश कांग्रेस संसदीय दलले समानुपातिकतर्फबाट निर्वाचित धादिङका अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
जस अनुसार उनले उम्मेदवारी दर्ता गरेका हुन् । अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्णा चित्रकार समर्थक छन् ।सत्ता साझेदार दलहरुको तर्फबाट भने राप्रपाका भुवन पाठक उम्मेदवार बन्ने छन् ।
सत्ता साझेदार पाँच दलसँग ७० सांसद रहेका छन् भने सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ सांसद छन् । ३ जना मात्र सांसद रहेको नेमकिपाबाट सृजना सायजुले उम्मेदवारी दर्ता गराएकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !