हेटौंडा । बागमती प्रदेश सभाको सभामुखमा नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गरेका छन् । बागमती प्रदेश कांग्रेस संसदीय दलले समानुपातिकतर्फबाट निर्वाचित धादिङका अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
जस अनुसार उनले उम्मेदवारी दर्ता गरेका हुन् । अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्णा चित्रकार समर्थक छन् ।सत्ता साझेदार दलहरुको तर्फबाट भने राप्रपाका भुवन पाठक उम्मेदवार बन्ने छन् ।
सत्ता साझेदार पाँच दलसँग ७० सांसद रहेका छन् भने सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ सांसद छन् । ३ जना मात्र सांसद रहेको नेमकिपाबाट सृजना सायजुले उम्मेदवारी दर्ता गराएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा