काठमाडौं । प्रदेश नम्बर १ र बागमती प्रदेशले बिहीबार सभामुख पाउने भएका छन् । त्यसका लागि प्रदेशसभामा बिहीबार मतदान हुँदैछ ।
प्रदेश १ सरकारको मुख्यमन्त्री एमाले र सभामुख माओवादीले पाउने गरी यसअघि नै केन्द्रमा सहमति भइसकेको छ । सोहीअनुसार एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ सरकारमा मुख्यमन्त्री भएका छन् ।
सभामुखमा माओवादी केन्द्रले दिएको उम्मेदवारीलाई एमालेलगायतका दलले समर्थन गरेका छन् । माओवादीले ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बाबुराम गौतमलाई सभामुखको उम्मेदवार बनाएको हो । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी नपरेपछि उनी स्ततः सभामुख बन्ने भएका छन् ।
यसैगरी बागमती प्रदेशमा सत्ता गठबन्धनमा भएको सहमतिअनुसार राप्रपाले सभामुख पाएको छ । जसअनुसार राप्रपाले भुवन पाठकलाई उम्मेदवार बनाउने तयारी भएको छ । आजै मनोनयन दर्ताको कार्यक्रम राखेर निर्वाचन हुँदैछ । कांग्रेसले उम्मेदवार उठाउने या नउठाउने भन्नेमा टुंगो लागिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे