काठमाडौं । प्रदेश नम्बर १ र बागमती प्रदेशले बिहीबार सभामुख पाउने भएका छन् । त्यसका लागि प्रदेशसभामा बिहीबार मतदान हुँदैछ ।
प्रदेश १ सरकारको मुख्यमन्त्री एमाले र सभामुख माओवादीले पाउने गरी यसअघि नै केन्द्रमा सहमति भइसकेको छ । सोहीअनुसार एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ सरकारमा मुख्यमन्त्री भएका छन् ।
सभामुखमा माओवादी केन्द्रले दिएको उम्मेदवारीलाई एमालेलगायतका दलले समर्थन गरेका छन् । माओवादीले ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बाबुराम गौतमलाई सभामुखको उम्मेदवार बनाएको हो । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी नपरेपछि उनी स्ततः सभामुख बन्ने भएका छन् ।
यसैगरी बागमती प्रदेशमा सत्ता गठबन्धनमा भएको सहमतिअनुसार राप्रपाले सभामुख पाएको छ । जसअनुसार राप्रपाले भुवन पाठकलाई उम्मेदवार बनाउने तयारी भएको छ । आजै मनोनयन दर्ताको कार्यक्रम राखेर निर्वाचन हुँदैछ । कांग्रेसले उम्मेदवार उठाउने या नउठाउने भन्नेमा टुंगो लागिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
फरक विषय बोल्न थाल्नुभयो भने समय नदिने अवस्था आउन सक्छ: सभामुख
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता