बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दावी पेश गरेका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेश गरेका हुन् ।
गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको छ ।
८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसद भए वहुमत पुग्छ । गिरीलाई प्रदेश सभाका १० मध्ये ७ दल र २ स्वतन्त्र सांसदको समर्थन रहेको छ ।प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ पुस २०७९, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ