लुम्बिनीमा आज मुख्यमन्त्री बन्दै एमालेका लिला गिरी

सफल खबर संवाददाता

बुधबार, २७ पुस २०७९, १० : ५४
लुम्बिनीमा आज मुख्यमन्त्री बन्दै एमालेका लिला गिरी

दाङ । लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्रीका लागि एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले प्रदेश प्रमुखसमक्ष आज बुधबार आज दाबी पेस गर्दैछन् ।

प्रदेश प्रमुख अमिक शेरचनले आज साँझ ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका छन् । सोही समयाअवधिभित्र माओवादी केन्द्र, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदसहित ५५ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने एमाले संसदीय दलका नेता गिरीले बताए ।

प्रदेश प्रमुखले दिएको समयको एकदिन अगाडि मंगलबार नै दाबी पेस गर्ने तयारी गरे पनि सत्तारुढ दलका संसदीय दलका नेता सबै उपस्थित हुन नसकेपछि दाबी पेस हुन नसकेको प्रदेशसभा सदस्य तथा एमाले नेता भूमिश्वर ढकालले बताए ।माओवादीले क्न्द्रले भने अन्तिम समयमा लुम्बिनीमा मुख्यमन्त्रीको कार्यकाल आधारआधा हुनुपर्ने अडान राखेको थियो ।

लुम्बिनीमा एमालेलाई पाँच वर्ष मुख्यमन्त्री दिने सत्तारुढ दलहरुले गरेको निर्णयमा असुन्तुष्टि जनाउँदै स्थायी कमिटी सदस्य जोखबहादुर महरा सोमबार नै काठमाडौं गएका थिए । पछि दुई वर्षपछि एमालले मुख्यन्त्री छाड्ने र त्यसपछि माओवादी केन्द्र नेतृत्वको सरकार आलोपालो गर्ने समझदारी भएको थियो ।

लुम्बिनीमा ८७ जना प्रदेश सांसद छन्। जसमा सरकार गठनका लागि ४४ जना सांसद आवश्यक्ता पर्छ। सत्तासाझेदार दलसँग एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मिक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ र स्वतन्त्र २ सांसद गरी सरकारमा ५५ जना सरकारमा सहभागी हुने तयारी छ । गिरी लुम्बनीको तेस्रो मुख्यमन्त्री बन्न लागेका हुन ।