एक करोडले चलाउँछन् केबल इन्टरनेट

सफल खबर संवाददाता

बुधबार, २७ पुस २०७९, ०८ : ४५
एक करोडले चलाउँछन् केबल इन्टरनेट

काठमाडौं । केबलमार्फत इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या करिब एक करोड पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको  पछिल्लो  तथ्याङ्कअनुसार  असोजसम्म  अप्टिकल  फाइबर (केबल) मार्फत इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या ९९ लाख ८७ हजार रहेको छ । 

निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले आक्रामक रूपमा बजार विस्तार गरिरहँदा अप्टिकल फाइबरको प्रयोग निरन्तर बढिरहेको हो । । वाइफाई तथा कम्प्युटरमा समेत फिक्स्ड इन्टरनेटका रूपमा जडान गर्न सकिने र परिवारका सदस्य सबैले चलाउन मिल्ने  भएकोले  केबल  इन्टरनेटमा  आकर्षण  बढिरहेको  देखिन्छ ।

प्रतिस्पर्धा तीव्र हुँदा केबल इन्टरनेटको मूल्य पनि घटेको र सरकारले समेत देशैभर ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने  परियोजना  करिब  सम्पन्न  गरिसकेकोले  यसमा  पहुँच  बढ्दै गएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सातै प्रदेशमा  अप्टिकल  केबल  बिछ्याउने  परियोजना  हालै  मात्र  सम्पन्न  भएको  जनाएको  थियो  ।  उक्त  परियोजनाको  कार्यान्वयनको  जिम्मेवारी  पाएका  निजी  सेवा  प्रदायकले  दुई  वर्षपछि  घरायसी प्रयोगकर्तालाई काठमाडौँकैै प्रचलित  मूल्यमा  इन्टरनेट  उपलब्ध  गराउन सक्ने व्यवस्था प्राधिकरणले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस