यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

बुधबार, २७ पुस २०७९, ०८ : २१
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ घटेको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०८ पैसा रहेकामा बुधबार घटेर खरिददर १३० रुपैयाँ ५६ पैसा र बिक्रीदर १३१ रुपैयाँ १६ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रीदर १४० रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिदर ९० रुपैयाँ ०९ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ५० रुपैयाँ कायम भएको छ । 

यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा तथा बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस