काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको विषयमा चर्काे भाषण गरेका छन् । मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्न बोलाएको बैठकमा बोल्दै अध्यक्ष ओलीले संसद विघटन आफूले होइन राजा महेन्द्र र नेपाली कांग्रेसले गरेको बताएका छन् ।
उनले संसद्मा भने, ‘२०१५ मा संसद बन्यो २०१७ सालमा संसद विघटन गर्ने राजा महेन्द्र हुन्, म होइन । २०४८ सालमा निर्वाचन भयो, २०५१ सालमा संसद विघटन गर्ने संसद विघटन गरेर मध्यावधिमा जाने नेपाली कांग्रेस हो, म होइन ।’
अध्यक्ष ओली यतिमा मात्रै रोकिएनन् कांग्रेसका सभापति शेरबहादुर देउवामाथि पनि कडा रुपमा प्रस्तुत भए । २०५८ सालको प्रसंग उप्काउँदै सभापति देउवाले त्यतिबेला संसद विघटन गरेको होइन भन्दै कडा प्रश्न पनि गरे ।
‘गुरुजी आफूले गरेको कुरा कतिपल्ट संसद विघटन गरियो कतिपटक के भो । माननीय शेरबहादुरजीले २०५८ साल असारमा संसद विघटन मध्यावधिमा गएर आफ्नो आश्विन १८ र १९ पुगेको होइन ! मेरा मित्रलाई म सोध्न चाहन्छु– यहाँले होइन संसद विघटन गर्या ?,’ अध्यक्ष ओली देउवामाथि खनिए, ‘मैले त्यतिबेला समर्थन गरेको थिए अरु सबैले विरोध गर्दा पनि । यदि चुनाव गराउनुभएन भने गलत हो यदि चुनाव गराउनुभयो जनताका बीचमा जाने कुरा ठीक हो भनेर । हामीले राजनीतिमा मौकाअनुसारको व्याख्या गर्ने गर्न हुँदैन, डेमोक्रेसी भनेको के हो, मल्टिपार्टी भनेको के हो, प्रतिपक्षी भनेको के हो, सत्ता पक्ष भनेको के हो ? यसको विश्वव्यापी अभ्यास छ । बहस गर्न चाहन्न । त्यसका लागि शेरबहादुरजीलाई धन्यवाद भन्न चाहन्छु ।’
अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति देउवाले सरकारको विरोध नगरेकोमा धन्यवाद पनि दिए । ‘प्रतिपक्ष दलका नेताज्यूले डेमोक्रेसीको नयाँ भाष्य स्थापित गर्नुभएको छ । त्यो देश, विदेश र इतिहासमा छलफल होला यो भाष्यको । नयाँ इन्टरप्रिटेसन छ । उहाँको एक शब्द सरकारको खण्डन गर्नुभएको छैन, सरकारलाई समर्थन गरिरहनुभएको छ । कुरै गर्ने कुरा भएन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ पुस २०७९, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार