हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउन प्रमुख सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।
कार्यदललाई बागमती प्रदेशमा उपयुक्त मन्त्रालयको संख्या सिफारिस गर्न १५ दिनको समय तोकिएको छ । पाँच सदस्यीय कार्यदलमा आर्थिक मामला तथा योजना सचिव, आन्तरिक मामिला तथा कानून सचिव, मुख्यमन्त्री कार्यालयका कानून सचिव र मुख्यमन्त्री कार्यालयका प्रशासन महाशाखा सचिव रहेका छन् । आवश्यकता अनुसार अन्य मन्त्रालयका सचिव र विशेषज्ञलाई आमन्त्रण गरिने प्रमुख सचिव निरौलाले जानकारी दिए ।
यसैगरी पुस मसान्तभित्र संघीय सरकारमा पठाउनुपर्ने विशेष र समपुरक आयोजनाका सम्बन्धमा पनि निर्णय गरिएको उनले जानकारी दिए ।मुख्यमन्त्री जमकट्टेलले भने, ‘मन्त्रालयको संख्या घटाउन र राज्यमन्त्री राख्ने नराख्ने सम्बन्धमा प्रतिवेदन तयार गर्न हामीले प्रमुख सचिवलाई जिम्मेवारी दिएका छौं । उहाँहरुले १५ दिन अगाडीनैं प्रतिवेदन तयार गर्नसक्नुभयो भने हामी त्यसलगत्तै निर्णय गर्नेछौं ।’
पछिल्लो मन्त्रिपरिषदमा बागमती प्रदेशमा १४ मन्त्रालय थिए । चार राज्यमन्त्रीसहित १८ मन्त्री भएपछि ‘झ्याल झ्यालमा मन्त्रालयको बोर्ड टाँगियो’ भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै जमकट्टेलले सोमबार बागमतीमा बढीमा ११ मन्त्रालय हुने बताएका थिए । उनी आफ्नो मन्त्रिपरिषदमा राज्यमन्त्री नराख्ने मनस्थितिमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ पुस २०७९, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च
बागमती प्रदेश सरकारद्वारा अनुसन्धान वृत्तिको लागि प्रस्ताव आव्हान, उत्कृष्ट १० लाई प्रति शोधपत्र एक लाख
माघ १८ गते प्रदेश सभा बैठक आह्वान गर्ने निर्णय
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
बागमतीका १२ अस्पतालमा कांग्रेस-एमालेको भागबन्डा, मन्त्रीका श्रीमानले समेत पाए नियुक्ति