इरानमा थप ३ प्रदर्शनकारीलाई मृत्युदण्ड

सफल खबर संवाददाता

मंगलबार, २६ पुस २०७९, ०८ : २९
इरानमा थप ३ प्रदर्शनकारीलाई मृत्युदण्ड

एजेन्सी । इरानमा हिजावसम्बन्धी नियम उल्लंघनको आरोपमा पक्राउपछि हिरासतमै मृत्यु भएकी महसा अमिनीको विषयलाई लिएर भड्किएको प्रदर्शन जारी छ ।

सरकारले सुरक्षा फौजका सदस्यको हत्यामा संलग्न रहेको आरोपमा प्रदर्शनमा सहभागी थप तीन जनलाई मृत्युदण्ड सुनाएको छ । तीन महिनाभन्दा बढी प्रदर्शनको सम्बन्धमा मृत्युदण्डको सजाय पाएका व्यक्तिहरूको कुल संख्या १७ पुगेको छ । 

सालेह मिरहाशेमी, माजिद काजेमी र सईद याघौबीलाई ‘ईश्वर विरुद्ध युद्ध’ गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको न्यायपालिकाको मिजान अनलाइन समाचार वेबसाइटले रिपोर्ट गरेको छ ।

हिजाबविरोधी प्रदर्शनका क्रममा ४ सय भन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ । त्यस्तै, हजारौ प्रदर्शनकारी पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस