काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा दलका नेता रवि लामिछानेले आफ्नो पार्टीले पाएको मतलाई निराशाको मतको रुपमा अर्थ्याएको भन्दै खण्डन गरेका छन् ।
संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथ गृहमन्त्रीसमेतत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीले निराशाको मत नभएर आशाको मत रहेको दाबी गरे ।
‘हामीमाथि आरोप छ । हामीले पाएको मतलाई निराशाको मत भनिएको छ । तर, होइन हामीले पाएको मत आशाको हो,’ उनले बैठकमा भने । जनताको जीविकाको पक्षमा बलियो आवाज आफूहरुले उठाउने जानकारी दिँदै उनले जनताको चाहनाअनुरुपको काम गर्ने र सोहीअनुसारको भूमिका खाेलिदिन विपक्षी दलसँग आग्रह गरे ।
भ्रष्टाचारका फाइल खोल्र्नु पर्ने र निर्मम भएर छानबिन गरेर कारबाही गर्नुपर्ने भन्दै उनले भ्रष्टाचारविरुद्धको अभियानको पक्षमा उभिन सबै दल र सांसदहरुलाई आग्रह गरे ।
भ्रष्टाचारीलाई छुटाउन वा कारबाही गर्नबाट रोक्न कुनै पनि वाधा नपुर्याउन सबैलाई आग्रह गर्दै उनले आफू र आफ्ना सांसदहरुले अनियमिता र कुनै पनि काण्डमा नमुछिने वाचा गरे ।
साे क्रममा उनले आफ्नाे दलले जनअपेक्षा अनुरुप काम नगरे वा गर्न नसके सरकार र सत्ता टाँसिएर नबस्ने पनि बताएका छन् । आफ्ना दलका कुनै पनि नेताले गलत काम गरेमा उनीहरूलाई संरक्षण पनि नगर्ने उनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ पुस २०७९, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट