काठमाडौं । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आइतबार बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय तीनकुनेमा बिहान ११ बजेदेखि बैठक शुरु हुने जनाइएको छ ।
बैठकमा लामो समयदेखि छलफलमा रहेको पार्टी एकता लगायत विषयमा मुख्य रुपमा छलफल हुने बताइएको छ । समाजवादी धारको नेतृत्व गर्ने गरि विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । साथै यसका लागि सम्वाद समिती पनि गठन गरिनेछ ।
समाजवादी ध्रुवीकरणको विषय, पार्टीको संगठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समिक्षा, समसामयिक राजनीतिक विषय, आगामी रणनिती लगायत एजेण्डाहरुमाथि पनि बैठकमा छलफल हुने पाण्डेले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ पुस २०७९, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेसपा (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक सुरु
नेसपा (नयाँ शक्ति) ले बोलायो पदाधिकारी र केन्द्रीय समिति बैठक
माओवादी र नेसपा (गंगानारायण श्रेष्ठ) समूहबिच पार्टी एकता
नेपाल समाजवादी पार्टीको महाधिवेशन आज सकिँदै
सुरु भयो नेसपा (नयाँ शक्ति) को महाधिवेशन
नेपाल समाजवादी पार्टीको प्रथम अधिवेशन पोखरामा सुरु