इजरायली उल्लङ्घनविरुद्ध प्यालेस्टाइनले कानुनी कारबाही जारी राख्ने

एजेन्सी

शुक्रबार, २२ पुस २०७९, १५ : ४२
इजरायली उल्लङ्घनविरुद्ध प्यालेस्टाइनले कानुनी कारबाही जारी राख्ने

एजेन्सी । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले इजरायली सरकारबाट भएका कानुनी उल्लङ्घनको जवाफ दिन प्यालेस्टाइनीले अन्तर्राष्ट्रिय कानुनअनुसारका वैधानिक उपाय अपनाउने बताए । साथै उनले कानुनी कारबाही पनि जारी राख्ने बताए ।

इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरमा गरेको प्रवेशलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारले घोषणा गरेको नयाँ नीतिको कार्यान्वयनको सुरुवात भएको टिप्पणी गर्दै राष्ट्रपति अब्बासले इजरायलको आलोचना गरे ।

प्यालेस्टाइनको कार्यकारी समितिको रमल्लाहमा भएको बैठकमा राष्ट्रपति अब्बासले इजरायली मन्त्री बेनगभिरको भ्रमणबाट खतरनाक परिणाम आउनसक्ने चेतावनी दिँदै अरब लिग परिषद् र इस्लामिक सहयोग सङ्गठनको शीघ्र बैठक आह्वान हुनुपर्ने बताए ।

गत मङ्गबार इजरायली रक्षामन्त्री आफ्नो देशका प्रहरी र कर्मचारीको कडा सुरक्षाका बीच अलअक्सा मस्जिदको आँगनमा घुम्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस