महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट

सफल खबर संवाददाता

विहीबार, २१ पुस २०७९, ११ : ०७
महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुले काठमाडौंको चावहिलमा रहेको ओम समाज डेन्टल हस्पिटलले दिने सेवामा विशेष छुट पाउने भएका छन् ।बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलको सेवामा छुट दिने सम्झौताबारे दुवै संस्थाबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले ओम समाज डेन्टल हस्पिटलको ओपीडी डाक्टर कन्सुलेसन र चेकअप सेवा निशुल्क, जनरल डेन्टल ट्रिटमेन्ट सेवामा १५ प्रतिशत र अर्थो थेरापी एन्ड डेन्टल इम्प्लान्ट ट्रिटमेन्ट सेवामा १० प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा अस्पतालका अध्यक्ष डा.सुभाष घिमिरेले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरे । यस सहकार्यबाट दन्त उपचारमा ग्राहकको पहुँच बढ्नुका साथै डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु सहज र सुलभ दन्त उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।