शेखर समूहले बोलायो छुट्टै भेला

सफल खबर संवाददाता

विहीबार, २१ पुस २०७९, ०९ : ४९
शेखर समूहले बोलायो छुट्टै भेला

काठमाडौँ । नेपाली कांग्रेसको शेखर-गगन समूहले आज छुट्टै भेला बोलाएको छ।

कांग्रेसले निकटको सत्ता गुमाएपछि इतरसमूहले भेला बोलाएको हो । भेलामा चुनावी समिक्षा गर्नुका साथै नयाँ सत्ता समिकरणबारे छलफल हुनेछ।

साथै पार्टीको आगामी केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेण्डा तय गर्ने तयारी भएको बुझिएको छ । कार्यसमिति बैठक पुस २८ गते बस्ने तय भएको छ ।

पुस २२ गते तय भएको बैठक बुधबार सारिएको थियो । त्यसअघि २३ गते संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस