टी–२० लिग प्रकरणः राखेपद्वारा ५ सदस्यीय छानबिन कार्यदल गठन

सफल खबर संवाददाता

बुधबार, २० पुस २०७९, १९ : ४६
टी–२० लिग प्रकरणः राखेपद्वारा ५ सदस्यीय छानबिन कार्यदल गठन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले टी–२० लिग प्रकरणमा छानबिन गर्न ५ सदस्यीय छानबिन समिति बनाएको छ । परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरिएको हो । 

कार्यदलको सदस्यमा परिषद्का सदस्य प्रकाश कुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोज कुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् ।

परिषद्को कार्यकारी समितिको बुधवार बसेको बैठकले समितिलाई सोबारे सत्य तथ्य छानविन गरि १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको छ ।नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंमा भइरहेको नेपाल टी–२० लिगका सम्बन्धमा विदेशी खेलाडीहरुको श्रम स्वीकृती एवं प्रतियोगिता संचालनको सम्बन्धमा विवाद हुँदै आएको छ । यसबारे परिषद्ले संघसंग आवश्यक प्रमाण कागजात माग गरेपनि वेवास्ता गरिएको जनाइएको छ । म्याच फिक्सिङ जस्तो गम्भीर सवाल समेत ती–२० का क्रममा उठेको छ ।
 

प्रतिक्रिया दिनुहोस